साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्इ घटेको छ भने चाँदीको स्थिर रहेको छ । आइतबारको तुलनामा सुन प्रति तोला १ सयले घटेको छ ।
छापावाला सुन प्रति तोला ५६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबर भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४८ हजार ३ सय ५५ रुपैयाँ, तेजावी सुन ४८ हजार १ सय र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।