साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । विहिबारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँले बृद्धि भएको छ ।
छापावाला सुन प्रति तोला ५७ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेका छ । साथै तेजावी सुन प्रति तोला ५७ हजार रुपैयाँमा कारोबा भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासँघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार १ सय २५ रुपैयाँ, तेजावी सुन ४८ हजार ८ सय ७० र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मुल्य कायम गरेको छ ।