साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ । विहिबारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा ५ रुपैयाँ घटेको छ ।
छावापाला सुन प्रति तोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ५ सय ५५ रुपैयाँ , तेजावी सुन ४९ हजार ३ सय रुपैयाँ र चाँदीमा ६ सय ९ रुपैयाँ मूल्य कायम गरेको छ ।