साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । मंगलबारको तुलनामा सुन प्रति तोला १ सय र चाँदीमा ५ रुपैयाँले बृद्धि भएको हो ।
छावापाला सुन प्रति तोला ६० हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छावापाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार ५ सय २५ रुपैयाँ, तेजावी सुन ५१ ह्जार २ सय ७० रुपैयाँ र चाँदीमा ६ सय ४३ रुपैयाँ मूल्य कायम गरेको छ ।