साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । शुक्रबारको तुलनामा सुन प्रति तोला ५ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदी ५ रुपैयाँले बृद्धि भएको हो ।
छापावाला सुन प्रति तोला ५९ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ५ सय ८५ रुपैयाँ, तेजावी सुन ५० हजार ३ सय ३० रुपैयाँ र चाँदीमा ६ सय १७ रुपैयाँ ५० पैसा मूल्य तोकेको छ ।