बुधबार सुनले फेरि ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज एकैपटक १५ सय रुपैयाँले बढेर ६९ हजार ५ सय पुगेको जनाएको छ । तीन महिनाको अन्तरालमा सुनको भाउ १० हजारले बढेको छ ।
आज तेजाबी सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५९ हजार ५८५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५९ हजार ३३० रुपैयाँ कायम गरेको छ ।