सुनको भाउ बढ्ने क्रम रोकिएन, आज फेरि ऐतिहासिक रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 10:22:17 AM मा प्रकाशित

laxmi sunrise bank

सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार नयाँ रेकर्ड बनाएर तोलाको ७२ हजार ५०० मा कारोबार भएको सुन सोमबार उक्त रेकर्ड तोड्दै तोलामा १ हजार महङ्गियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाला सुनको मूल्य तोला ७३ हजार ५०० पुगेको जनाएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार ८५० रुपैयाँमा खरिद बिक्री भएको चाँदी सोमबार १० रुपैयाँ बढेर तोलाको ८६० पुगेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved