सुनको मूल्यमा निरन्तर उतारचढाव देँखिदै आएको छ । साताको दोस्रो दिन सोमबार प्रतितोलाको ७२ हजार रुपैयााँमा कारोबार भएको छापावाल सुन मंगलबार ५ सय रुपैयाँले बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि मंगलबार ५ सय रुपैयाँले महङिगएर तोलाको ७२ हजार २ सय रुपैयाँ पुगेको छ । चाँदी तालामा १० रुपैयाँले बढेर ८९५ रुपैयाँमा कारोबार भईरहेको छ ।