सुनको मूल्य फेरि बढेको छ । साताको तेस्रो दिन मंगलबार ७२ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बुधबार तोलामा १ हजारले बढेर ७३ हजार ५ सय पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलाको ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला एक हजारले महङ्गिएर ७३ हजार २ सय पुगेको छ । मंगलबार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एकैपटक ४५ रुपैयाँले बढेर ९४० रुपैयाँ पुगेको छ ।
महासंघले बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६३ हजार १५ रुपैयाँ र प्रति १० ग्राम तेजावी सुनको मूल्य ६२ हजार ७६० रुपैयाँ तोकेको छ । आज प्रति १० ग्राम चाँदीको मूल्य ८०६ रुपैयाँ तोकिएको छ ।
यसअघि भदौ ९ गते सुनको भाउ यो उचाईमा पुगेको थियो । भदौ ९ र आजको मूल्य हालसम्मकै उच्च हो ।