ओरालो लाग्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 08:48:05 AM मा प्रकाशित

laxmi sunrise bank

सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको छ । बुधबार तोलाको ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहिबार तोलामा १ सयले घटेर ७३ हजार ४ सयमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार तेजावी सुनको मूल्य पनि तोलामा १ सयले घटेर ७३ हजार १ सयमा कारोबार भईरहेको जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहिबार पनि बुधबारकै मूल्य अर्थात् तोलाको ९४० रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघले बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६२ हजार ९३० र प्रति १० ग्राम तेजावी सुनको मूल्य ६२ हजार ६७५ रुपैयाँ तोकेको छ । आज १० ग्राम चाँदीको भाउ ८०६ रुपैयाँ तोकिएको छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved