सुनको भाउ आज पनि घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 09:34:14 AM मा प्रकाशित

laxmi sunrise bank

केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको भाउ आज पनि घटेको छ । गत हप्ताको अन्तिम दिन शुक्रबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज साताको पहिलो दिन आइतबार ७१ हजार ५ रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन पनि तोलामा ५ सयले सस्तो हुँदै ७१ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भईरहेको छ । 

 सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ३ सय र प्रति १० ग्राम चाँदीको मूल्य ६१ हजार ४५ रुपैयाँ तोकेको छ । आज प्रति १० ग्राम चाँदी ७५९ रुपैयाँमा कारोबार भईरहेको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved