साताको चौँथो दिन आज बुधबार सुनचाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार ७१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ बुधबार पनि स्थिर रहेको जनाएको छ । आज तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भईरहेको छ ।
महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८७० र प्रति १० ग्राम तेजाबी सुनको मूल्य ६० हजार ६१५ रुपैयाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ७५४ रुपियाँ ५० पैसा तोकिएको छ ।