सुनको भाउ घट्यो, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 11:05:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ । शुक्रबार ९६ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार १ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ३ सयले नै घटेर प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले बढेर १३ सय २० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ३१ रुपैयाँ ५ण् पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved