एक सातापछि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2020 | 10:55:03 AM मा प्रकाशित

laxmi  sunrise bank

एक सातापछि मंगलबार सुन चाँदीको भाउ बढेको छ । यसअघि गत शुक्रबार बढेको सुनको भाउमा निरन्तर गिरावट आएको थियो । शुक्रबार पछि आज मंगलबार सुनको भाउ बढेको हो ।

हिजो सोमबार ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ५ रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँले नै बढेर ९० हजार रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलाको ११ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार २०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९९० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved