सोमबार ९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2020 | 11:15:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुन चाँदीको भाउ बढेको छ । आइतबार तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ९ सय रुपैयाँले नै बढेर ९४ हजार ७ सय रुपैयाँ पुगेको हो ।

चाँदीको भाउ पनि ४० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ६२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ११९ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १३१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved