मंगलबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 10:44:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुन चाँदीको भाउमा झिनो गिरावट आएको छ । सोमबार तोलाको ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ९ रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ३ सय रुपैयाँले नै घटेर ९४ हजार ४ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ आज ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ३६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ९३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार २७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved