बुधबार ९ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 10:50:58 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुन चाँदीको भाउमा झिनो गिरावट आएको छ । मांगलबार तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर ९४ हजारमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ९ सय रुपैयाँले नै घटेर ९३ हजार ५ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ आज ५० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved