बिहीबार सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 11:01:35 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबार सुन चाँदीको भाउ बढेको छ । बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा १ सय रुपैयाँले नै बढेर ९३ हजार ६ सय रुपैयाँ पुगेको हो ।

चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार २४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved