सुनको भाउ बढ्यो, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2021 | 12:19:08 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सयमा किनबेच भईरहेको छ । तेजावी सुनको भाउ आज तोलामा ९४ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुन बिहिबार ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज स्थिर छ । आज चाँदी तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved