सुनको भाउ बढ्यो, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2021 | 12:07:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा सोमबार सुन तथा चादीँको मूल्यमा बृद्धि भएको छ । आइतबार ९४ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ सोमबार तोलामा ८ सयले बढेर प्रतितोला ९५ हजार ३ सयमा किनबेच भईरहेको छ ।

तेजावी सुनको भाउ आज तोलामा ९४ हजार ८ सय कायम भएको छ । तेजावी सुन आइतबार ९४ हजारमा कारोबार भएको थियो ।

आइतबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ७०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार २२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved