ह्वात्तै बढ्यो सुनको भाउ, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2021 | 12:29:56 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार तोलामा एकैपटक ११ सयले बढेर प्रतितोला ९६ हजार ४ सयमा किनबेच भईरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा ११ सयले नै बढेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३३५ रुपैयाँ प्रतितोला पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ६५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार २२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ४४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved