बुधबार पनि बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2021 | 01:00:25 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ बुधबार तोलामा एकैपटक ३ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको हो । 

तेजावी सुनको भाउ पनि आज तोलामा ३ सयले नै बढेर ९६ हजार २ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँ प्रतितोला पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ९०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ४७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ४९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved