सुनको भाउमा उल्लेख्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2021 | 11:07:46 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार सुनको भाउमा उल्लेख्य गिरावट आएको छ । बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज एकैपटक १ हजार ३ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँमा झरेको हो । 

तेजावी सुनको भाउ पनि आज १३ सयले नै घटेर ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३३० रुपैयाँ प्रतितोला कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ७९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ४० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved