सोमबार पनि ओरालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 11:18:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार पनि सुन चाँदीको भाउमा गिरावट आएको छ । आइतबार तोलाको ९३ हजारमा कारोबार भएको भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर ९२ हजार २ सयमा झरेको छ ।

तेजावी सुनको भाउ पनि आज ८ सयले नै घटेर ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा एकैपटक ४० रुपैयाँले घटेर १२४० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ६१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved