मंगलबार सुनको भाउमा सामान्य वृद्धि, कति पुग्यो मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 11:01:14 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार सुन चाँदीको भाउमा सामान्य वृद्धि भएको छ । सोमबार तोलाको ९२ हजार २ सयमा कारोबार भएको भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । 

तेजावी सुनको भाउ पनि आज ६ सयले नै बढेर ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२५० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ५६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार १३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved