तोलामा ८ सयले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2021 | 12:17:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज एकैदिन ८ सय रुपैयाँले घटेर ९२ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । आज तेजावी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले नै घटेर ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँ कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ५३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved