सुन चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 11:19:41 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ निर्धारण भएको छ । आज तेजावी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले नै बढेर ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १२ सय ३० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ४४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved