सुनको भाउमा सामान्य गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 11:37:41 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर ९२ हजार ४ सयमा कारोवार भईरहेको छ ।

चाँदी तोलामा १ हजार २६० रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ६४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार २१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved