सुनको भाउमा झिनो गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 12:13:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार सुनको भाउमा झिनो गिरावट आएको छ । बुधबार तोलाको ९२ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा झरेको हो । तेजावी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले नै घटेर ९१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । 

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ४४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved