सुनको भाउ ८ महिना यताकै सस्तो, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 10:53:13 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ८९ हजार ८ सयमा कारोबार भएको भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय सय रुपैयाँले घटेर ८९ हजार २ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ६ सयले नै घटेर तोलाको ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले घटेर तोलाको १ हजार ३३५ रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

बुधबार पनि सुनको भाउ ११ सयले घटेको थियो । बुधबार र बिहिबार दुई दिन सुनको भाउमा उल्लेख्य गिरावट आएर ८ महिना अगाडीकै भाउमा झरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved