बढ्यो सुनचाँदीको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2021 | 01:06:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार १०० ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा एक हजारभन्दा बढीले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा एक हजार १०० ले उकालो लागेको छ ।

चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेको छ । तोलामा एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३६० मूल्य कायम भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved