सुन चाँदीको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 11:15:02 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार सुनको भाउमा भारी गिरावट आएको छ । सोमबार तोलाको  ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकै पटक १ हजार ७ सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा झरेको हो । तेजावी सुनको भाउ पनि आज तोलामा १ हजार ७ सयले नै घटेर ८६ हजार ५५० रुपैयाँ प्रतितोलामा आईपुगेको छ ।

चाँदीको भाउ आज तोलामा ४० रुपैयाँले घटेर तोलाको १२ सय ९० रुपैयाँमा आईपुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७४ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७४ हजार २०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved