तोलामा १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 04, 2021 | 11:11:17 AM मा प्रकाशित

sarbottam cement

बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर ८६ हजार ५ रुपैयाँमा झरेको हो । तेजावी सुनको भाउ पनि आज तोलामा १ हजारले नै घटेर ८६ हजार ५० रुपैयाँ प्रतितोलामा आईपुगेको छ ।

चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले घटेर तोलाको १२ सय ८५ रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७४ हजार १६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७३ हजार ७७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय २ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved