आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 11:11:04 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार पनि सुनको भाउ घटेको छ । बिहिबार तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर ८५ हजार ६ रुपैयाँमा झरेको हो । तेजावी सुनको भाउ पनि आज तोलामा ९ सयले नै घटेर ८५ हजार १५० रुपैयाँ प्रतितोलामा आईपुगेको छ ।

चाँदीको भाउ आज तोलामा एकैपटक ३५ रुपैयाँले घटेर तोलाको १२ सय ५० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७३ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७३ हजार ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७२ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved