सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2021 | 02:00:05 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ८७ हजार २ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ३ सयले नै बढेर ८६ हजार ७५० रुपैयाँ पुगेको छ । 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७४ हजार ७६० सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७४ हजार ३७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved