आज पनि घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2021 | 01:02:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ८६ हजार ७ सय रुपैयाँमा झरेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ३ सयले नै घटेर ८६ हजार २५० रुपैयाँमा आईपुगेको छ । 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७४ हजार ३३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७३ हजार ९४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved