तोलामा ६ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2021 | 12:43:54 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउमा उल्लेख्य गिरावट आएको छ । बिहिबार तोलाको ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा झरेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ६ सयले नै घटेर ८५ हजार ८५० रुपैयाँमा आईपुगेको छ । 

आज चाँदीको भाउ भने तोलाको १२ सय ३० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७३ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७३ हजार ६०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved