तोलामा ९ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2021 | 12:48:23 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ९ सय रुपैयाँले बढेर ८६ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ९ सयले नै बढेर ८६ हजार ५० रुपैयाँमा पुगेको छ । 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७४ हजार १६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७३ हजार ७७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved