२ दिनमा १८ सयले महँगियो सुन, कति छ बजार भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2021 | 11:56:45 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउमा भारी वृद्धि आएको छ । बिहिबार पनि तोलामा ९ सयले बढेको छापावाला सुनको भाउ आज पनि तोलामा ९ सयले नै बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँ पुगेको छ । छापाला सुनको भाउ बिहिबार तोलाको ८६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थिषे । यस्तै तेजाबी सुन पनि आज तोलामा ९ सयले नै बढेर ८६ हजार ९५० रुपैयाँ पुगेको छ । 

सुनको भाउ बिहिबार र शुक्रबार गरी तोलामा १८ सय रुपैयाँले बढिसकेको छ । बिहिबार मात्रै राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने गरी कोटा बढाएको थियो । गत वर्षदेखि दैनिक १० किलो मात्रै सुन आयात भईरहेकोमा बिहिबारको राष्ट्र बैंकको निर्णयपछि अब बैंकहरुले दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने भएका छन् ।

आज चाँदीको भाउ पनि तोलामा एकैपटक ३० रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७४ हजार ९३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७४ हजार ५४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ६३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved