सुनको भाउमा सामान्य वृद्धि कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 11:23:35 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ सामान्य बढेको छ । मङ्गलबार तोलाको ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ३ सयले नै बढेर ८९ हजार ३५० रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ ३० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ६०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६ रुपैयाँ  कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved