सुनको भाउ फेरि ९० हजार नाघ्यो, आज मात्रै ७ सयले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2021 | 11:30:46 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ६५० सयले बढेर ९० हजार रुपैयाँ प्रतितोला पुगेको छ ।

आज चाँदीको भाउ १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved