सुनचाँदीको बजारः आयातको कोटा बढ्दा राहत, माग बढ्दा अर्को तनाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2021 | 02:37:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन आयातको कोटा बढेपछि व्यवसायीले राहत महशुस गरेका छन् । आयत गरेको ६ दिनमै सुनचाँदी पाउन थालेपछि व्यवसायी खुशी भएका हुन् । तर, बजारको मागले भने उनीहरुलाई चिन्तित बनाएको छ ।

गत वर्ष कोरोना भाइरसका कारण लकडाउन भएपछि विदेशी मुद्रा बचतका लागि भन्दै सुन आयातको कोटा घटाईएको थियो । कोभिडका कारण दैनिक १० किलो मात्रै सुन आयात हुँदै आएकोमा राष्ट्र बैंकले २ हप्ताअघि यो कोटा बढाएर दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो ।

यसअघि दैनिक १० किलो सुन आयात भएपनि व्यवसायीहरुले पाउन भने १२ दिनसम्म कुर्नु परेको थियो । तर, अब कोटा बढेपछि ६ दिनमै पाउन थालिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्य बताउँछन् ।

गत सोमबारदेखि आयात गरेको ६ दिनमा २० किलो सुन पाउन थालिएको उनको भनाई छ । कोभिड अगाडीसम्म बैंकहरुले दैनिक आयात गरेको सुन ५ दिनभित्र व्यवसायीलाई दिनुपर्ने थियो । तर, कोभिडका कारण त्यो सम्भव भएको थिएन । अहिले पनि आयात गरेको ५ दिनभित्रै व्यवसायीलाई दिनुपर्ने भएपनि ६ दिनमा बैंकहरुले दिन थालेका छन् ।

मंसिरदेखि बजारमा उपभोक्ताबाट सुन फिर्ता हुन छोडेपनि व्यवसायी तनावमा थिए । त्यसैले उनीहरुले दैनिक ३० किलो सुन आयात गर्न पाउनुपर्ने माग राख्दै आएका थिए । तर, ४ महिना अर्थात् चैत दोस्रो हप्ताबाट व्यवसायीका माग पूरा भएको हो । 

‘२० किलोले पनि नपुग्ने देखियो’

बजारमा अहिले सुनको माग ह्वात्तै बढेका कारण दैनिक २० किला आयात हुँदा पनि माग धान्न मुस्किल रहेको व्यवसायीहरु बताउँछन् । दैनिक १० किलोको ठाउँमा २० किलो आयात हुँदा केही राहत महशुस गरिएपनि बिहेको सिजन सुरु भएकाले दैनिक २० किलो आयातको कोटाले बजारको माग नधान्ने महासंघको भनाई छ ।

‘अब बिहेको सिजन सुरु भएको छ, सिजनमा दैनिक ३० देखि ३५ किलोसम्म सुनको माग हुँदै आएको छ’ एक जना व्यवसायी भन्छन्, ‘अहिले फेरि सुनको भाउ बढ्न थालेको छ, यसले गर्दा बजारमा सुन फिर्ता हुने आश पनि छ, २० किलाले केही राहत मिलेको छ । तर, सुन फिर्ता भएन भने यसले माग धान्न सक्दैन ।’

अहिले दैनिक २२ देखि २५ किलोसम्म सुनको माग रहेको महासंघको अनुमान छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved