ताेलामा १३ सय ले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2021 | 11:16:48 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । मङ्गलबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले बढेर ९२ हजार पुगेको छ । यस्तै तेजाबी सुन पनि तोलामा १ हजार ३ सयले बढेर ९१ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको छ ।

आज चाँदीको  भाउ बढेर १३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम, तेजावी सुनको भाउ ७८ हजार ४४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय २३ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved