सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2021 | 11:07:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउमा सामान्य वृद्धि भएकाे छ । बुधबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार २ सय पुगेको छ । यस्तै तेजाबी सुन पनि तोलामा २ सयले बढेर ९१ हजार ७ सय रुपैयाँ प्रतितोला पुगेको छ ।

आज चाँदीको  भाउ बुधबारको भन्दा २५ रुपैँयाले बढेर १३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४५ रुपैयाँ, प्रति १० ग्राम, तेजावी सुनको भाउ ७८ हजार ६१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४४.५० रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved