तोलामा ११ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2021 | 11:05:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ११ सयले बढेर ९१ हजार ७ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि ११ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको छ ।

आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ६ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved