सुनको भाउ ९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2021 | 11:29:37 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९१ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ९ सयले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइ रहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ९ सयले नै बढेर ९२ हजार प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि २० रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ८ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ  ५० पैसा कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved