सुनको भाउमा सामान्य वृद्धि हुँदा चाँदी भने घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2021 | 11:15:17 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि १ सयले बढेर ९३ हजार ७ सय रुपैयाँ प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ७ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ३ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved