सुनको भाउमा गिरावट, चाँदी भने बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2021 | 11:11:17 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौँ दिन आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले घटेर ९३ हजार ४ सय रुपैयाँ प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved