सुनकाे भाउ ६ सयले घट्याे, कतिमा हुँदै छ काराेबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2021 | 11:15:33 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलाे दिन आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ६ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ६ सयले घटेर ९३ हजार ४ सय रुपैयाँ प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ भने यथावत् रहेर १३ सय ७० रुपैयाँमै कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved