फेरी ८ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2021 | 11:10:56 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार पनि सुनको भाउमा  गिरावट आएको छ । शुक्रबार तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ८ सय रुपैयाँले घटेर ९० हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ८ सय ५० रुपैयाँले घटेर ८९ हजार ५ सय ५० रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि १५ रूपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार १ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ७ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved